शुक्रबार, श्रावण १,२०८३ 05:18:02
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 05:18:02
Bizshala
Global IME Bank Limited

एआईले चुनावमा असललाई खलनायक र खराबलाई नायक बनायो : शंकर पोखरेल

एआईले चुनावमा असललाई खलनायक र खराबलाई नायक बनायो : शंकर पोखरेल
New Office

काठमाडौं । नेकपा एमालेकामहासचिव शंकर पोखरेलले निर्वाचनका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई)को दुरुपयोग हुँदा असल व्यक्तिलाई खराब र खराब व्यक्तिलाई असल देखाउने अवस्था सिर्जना भएको बताएका छन्।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै समाजमा सही मूल्य–मान्यता स्थापित गर्ने विषय थप चुनौतीपूर्ण बनेको उल्लेख गरे।

 

 

उनले भदौ २३ र २४ गतेका घटना तथा फागुन २१ गतेको निर्वाचनलाई जोडेर हेर्दा सूचना प्रविधि राजनीतिक र सामाजिक क्षेत्रका लागि गम्भीर चुनौतीका रूपमा देखिएको बताए। प्रविधिको सही प्रयोग हुन नसके त्यसलाई खराब नियत भएका व्यक्तिले दुरुपयोग गर्न सक्ने उनको भनाइ थियो।

“चुनावमा असल मानिसलाई खराब र खराब मानिसलाई असल देखाउने गरी एआईको प्रयोग भयो,” पोखरेलले भने, “प्रविधिले सिर्जना गरेका चुनौतीको सामना गर्ने र त्यसबाट प्राप्त अवसरलाई सदुपयोग गर्ने विषय अहिले अत्यन्त महत्त्वपूर्ण बनेको छ।”

एआईको विकासले मानव जीवन, उत्पादन प्रणाली र सामाजिक सम्बन्धमा पार्न सक्ने प्रभावबारे विश्वव्यापी बहस भइरहेको उल्लेख गर्दै उनले नेपाल त्यसबाट अलग रहन नसक्ने बताए। प्रविधिको प्रयोगलाई जिम्मेवार, तथ्यमा आधारित र समाजहितअनुकूल बनाउनुपर्नेमा उनले जोड दिए।

महासचिव पोखरेलले नेकपा एमाले समयको परिवर्तनसँगै आफूलाई अद्यावधिक गर्न सक्ने राजनीतिक शक्ति भएको दाबी गरे। नयाँ पुस्ताको भावना र अपेक्षालाई आत्मसात् गर्दै मुलुकलाई सही दिशातर्फ लैजान पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ।

“आजका चुनौती सामना गर्न एमाले नयाँ पुस्तासँग हातेमालो गर्न तयार छ,” उनले भने, “हामी समयअनुसार पार्टी र प्रविधिको प्रयोगलाई अद्यावधिक गर्दै अगाडि बढिरहेका छौँ।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.