सोमबार, आश्विन २६,२०८३ 03:36:54
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 03:36:54
Bizshala
Global IME Bank Limited

संसद्‌मा प्रभावकारी भूमिका खेल्न एमालेले सांसदलाई प्रशिक्षण दिँदै

Bizshala
संसद्‌मा प्रभावकारी भूमिका खेल्न एमालेले सांसदलाई प्रशिक्षण दिँदै
New Office

 

काठमाण्डौ ।    नेकपा एमालेले संघीय संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

संसद्‌मा प्रस्तुत हुने विधेयक तथा समसामयिक विषयमा सांसदहरूले कसरी प्रभावकारी प्रस्तुति दिने र पार्टीको नीतिअनुसार आफ्नो भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ पनि सहभागी हुनेछन्। अध्यक्ष ओलीले सांसदहरूलाई संसद्‌मा निर्वाह गर्नुपर्ने भूमिकाबारे निर्देशन दिने कार्यक्रम छ।

‘संसद्‌मा पेस भएका विधेयक तथा अन्य विषयमा एमाले सांसदहरूले कसरी असरदार प्रस्तुति दिने र पार्टीको नीतिअनुसार प्रस्तुत हुने भन्ने विषयमा छलफल हुन सक्छ,’ महरले भने।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाबारे प्रस्तुति दिनेछन्। संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसदीय प्रक्रिया, नियम र अभ्यासका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले तेस्रो ठूलो दल हो। प्रतिनिधिसभामा एमालेका १० महिला र १५ पुरुष गरी २५ सांसद छन्। कार्यक्रममा राष्ट्रियसभाका सांसदहरूलाई पनि बोलाइएको छ। राष्ट्रियसभामा एमालेका १० सांसद छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.