आईतवार, कार्तिक ८,२०८३ 04:36:39
  • आईतवार, कार्तिक ८,२०८३ 04:36:39
Global IME Bank Limited

देशभर विपद्को कहर : तीनको मृत्यु, २३ लाखभन्दा बढी क्षति

Bizshala
देशभर विपद्को कहर : तीनको मृत्यु, २३ लाखभन्दा बढी क्षति
New Office

 

काठमाण्डौ ।  देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार साउन २ गते साँझदेखि भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। जोखिमपूर्ण क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

बाढीका कारण खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ की ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ का ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको छ।

यस्तै, दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित डोकथलीमा सर्पदंशबाट ५५ वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पछिल्लो २४ घण्टामा विपद्मा परेका एक जनाको प्रहरीले उद्धार गरेको छ। अविरल वर्षा, आगलागी, चट्याङ, बाढी र पहिरोका कारण करिब २३ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक आकलन छ।

२०८३ वैशाख १ गतेयता देशभर भएका तीन हजार ४६३ वटा विपद्जन्य घटनामा १६८ जनाको मृत्यु भइसकेको छ। सो अवधिमा ९९४ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्।

विपद्का घटनाबाट एक हजार १५ वटा चौपायासमेत मरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.