काठमाण्डौ । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलका एयरब्यागमा रहेको एसआरएस एयरब्याग इन्फ्लेटर (SRS Airbag Inflator) मा देखिन सक्ने सम्भावित जोखिम समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकॉल अभियान’ सञ्चालन गरिरहेको छ।
यस अभियानबाट सन् २००१ देखि २०१४ सम्म निर्माण भएका होन्डा कारका विभिन्न मोडेल प्रभावित भएका छन्। प्रभावित मोडेलमा सिटी (City), सिभिक (Civic), सीआर–भी (CR–V), ज्याज (Jazz), इनसाइट (Insight), स्ट्रिम (Stream) र अकर्ड (Accord) कार रहेका छन्।
ग्राहकले आफ्नो गाडी यस रिकॉल अभियानमा पर्छ वा पर्दैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैँ जाँच गर्न सक्नेछन्।
अभियानअन्तर्गत प्रभावित गाडीको एयरब्याग जाँच गर्नुका साथै आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्न कम्पनीले ग्राहकलाई आफ्नो नजिकको होन्डाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन अनुरोध गरेको छ।
सर्भिस बुकिङ तथा थप जानकारीका लागि ग्राहकले तल दिइएका नम्बरमा सिधै फोन गर्न वा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।

