आईतवार, आश्विन १८,२०८३ 08:50:29
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:50:29
Bizshala
Global IME Bank Limited

मालपोत र नापी सेवा पूर्ण रूपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय

Bizshala
मालपोत र नापी सेवा पूर्ण रूपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय
New Office

काठमाण्डौ । नेपाल सरकारले मालपोत र नापीसम्बन्धी सेवा पूर्ण रूपमा स्थानीय तहबाट सञ्चालन गर्ने प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

सोमबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले संविधानले दिएको अधिकारअनुसार भूमि व्यवस्थापनसँग सम्बन्धित सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत वैशाखमा सरकारले भूमि तथा नापीसम्बन्धी नियमावली संशोधन गर्दै स्थानीय तहलाई मालपोत र नापी सेवा सञ्चालन गर्ने कानुनी बाटो खुला गरेको थियो। त्यसपछि सेवा सञ्चालनका लागि दुई सयभन्दा बढी स्थानीय तहले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवेदन दिएका थिए।

आवेदन दिएका स्थानीय तहमध्ये आवश्यक दक्ष जनशक्ति र प्राविधिक क्षमता भएका पालिकामा क्रमशः सेवा हस्तान्तरण हुँदै आएको छ।

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले सबैभन्दा पहिले गत असार १ गतेदेखि मालपोत र नापीसम्बन्धी सेवा स्थानीय स्तरबाट सुरु गरेको थियो।

सचिवस्तरीय बैठकले स्थानीय तहमा सेवा हस्तान्तरणलाई प्रभावकारी बनाउन आवश्यक तयारी र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

बैठकको निर्णयमा भनिएको छ, ‘मालपोत र नापीसम्बन्धी सेवाहरू स्थानीय तहमार्फत सञ्चालन हुने गरी हस्तान्तरण प्रक्रियालाई तीव्रता दिने। यसका लागि सम्बन्धित मन्त्रालयहरूले स्थानीय तहको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.