बुधबार, श्रावण ६,२०८३ 04:11:49
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 04:11:49
Bizshala
Global IME Bank Limited

सांसद अभिषेकप्रताप शाहविरुद्धको पक्राउ पुर्जी ‘यथास्थिति’मा राख्न सर्वोच्चको अन्तरिम आदेश

सांसद अभिषेकप्रताप शाहविरुद्धको पक्राउ पुर्जी ‘यथास्थिति’मा राख्न सर्वोच्चको अन्तरिम आदेश
New Office

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गरेको हो।

सांसद शाहले पक्राउ पुर्जी बदर गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले विपक्षी निकायहरूसँग लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

सर्वोच्चले अर्को आदेश नभएसम्म पक्राउ पुर्जी यथास्थितिमा राख्न निर्देशन दिएको हो।

यसअघि कपिलवस्तु जिल्ला अदालतले कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

सांसद शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको छ। सोही घटनाका आधारमा जिल्ला अदालत कपिलवस्तुले पक्राउ पुर्जी जारी गरेपछि उक्त आदेश गैरकानुनी रहेको दाबी गर्दै शाह सर्वोच्च अदालत पुगेका हुन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.