बिहीबार, श्रावण ७,२०८३ 02:29:35
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 02:29:35
Bizshala
Global IME Bank Limited

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन
New Office

काठमाण्डौ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा गठन तथा सञ्चालन गर्न माग गर्दै पीडित तथा अधिकारकर्मीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

द्वन्द्वकालीन घटनाका पीडित परिवार, मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले प्रदर्शन गर्दै लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका पीडितलाई तत्काल न्याय दिलाउन सरकारसँग माग गरेका छन्। उनीहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने र पीडितको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।

प्रदर्शनकारीहरूले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडितलाई उचित परिपूरणको व्यवस्था गर्नुपर्ने माग राखेका थिए।उनीहरूले आयोग गठन मात्र नभई त्यसलाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बनाउने गरी आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको लामो समय बितिसक्दा पनि धेरै पीडितले न्याय नपाएको भन्दै प्रदर्शनकारीहरूले संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंग्याउनुपर्ने बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.