बुधबार, आश्विन २८,२०८३ 03:30:44
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 03:30:44
Bizshala
Global IME Bank Limited

तीन प्रदेशमा भारी वर्षाको चेतावनी, बाढीपहिरोको जोखिम बढ्ने अनुमान

Bizshala
तीन प्रदेशमा भारी वर्षाको चेतावनी, बाढीपहिरोको जोखिम बढ्ने अनुमान
New Office

काठमाण्डौ । देशभर मनसुनी वायु सक्रिय रहँदा आज वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश भागमा मौसम सामान्यदेखि पूर्ण बदली भएको छ। कोसी प्रदेशको तराईमा मौसम मुख्यतः सफा रहे पनि कोसी, वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आइतबार दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। कोसी, वाग्मती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको छ। यस अवधिमा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

मौसमविद्हरूले निरन्तरको वर्षाले नदी तथा खोलामा बहाव बढ्न सक्ने, पहिरो र डुबानको जोखिम रहने तथा सडक यातायात प्रभावित हुन सक्ने बताएका छन्।

प्रतिकूल मौसमका कारण कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न महाशाखाले अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.