सोमबार, श्रावण १८,२०८३ 09:09:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:09:37
Bizshala
Global IME Bank Limited

आईसीएफसी फाइनान्सको नाफासँगै घट्यो ईपीएस

आईसीएफसी फाइनान्सको नाफासँगै घट्यो ईपीएस
New Office

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २०.६७ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको उक्त अवधिसम्म कम्पनीले ३३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ८.५९ प्रतिशतले बढ्दै ६४ करोड ५४ लाख रुपैयाँ पुगेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने  १२ करोड ३३ लाख रुपैयाँबाट घटेर ११ करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको सञ्चालन मुनाफा ३७ करोड ५१ लाख रहेको छ ।

चौथो त्रैमाससम्म कम्पनीको निक्षेप संकलन २२ अर्ब २३ करोड र कर्जा प्रवाह १८ अर्ब ६९ करोड रहेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्जका लागि २ करोड ३२ लाख रुपैयाँ छुट्टाएको छ ।

कम्पनी खराब कर्जा अनुपात घटाउन सफल भएको छ । अघिल्लो आवमा १.८४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १.५५ प्रतिशतमा सीमित बनेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १४ करोड १७ लाख र लाभांश क्षमता ११.९८ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २८.१४ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.३८ गुणा र तरलता अनुपात २५.५७ प्रतिशत कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.