मंगलवार, श्रावण १९,२०८३ 01:20:26
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:20:26
Bizshala
Global IME Bank Limited

सुनसरी घटनाका घाइते रवीन्द्र मेहताको निधन, मृतकको संख्या चार पुग्यो

सुनसरी घटनाका घाइते रवीन्द्र मेहताको निधन, मृतकको संख्या चार पुग्यो
New Office

 

काठमाण्डौ । सुनसरीको देवानगञ्ज घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मेहतालाई घटनामा गोली लागेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। प्रारम्भिक विवरणमा उनको बायाँ तिघ्रामा गोली लागेको उल्लेख थियो।

प्रहरीका अनुसार घटनाका अर्का एक घाइतेको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने रवीन्द्रसहितका स्थानीय घाइते भएका थिए।

त्यसपछि घाइते जयप्रकाश मेहताको पनि उपचारका क्रममा निधन भएको थियो। घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा सिरहामा गणेश यादवको मृत्यु भएको थियो।

रवीन्द्रको निधनसँगै सुनसरी घटना र त्यसपछि भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.