मंगलवार, श्रावण १९,२०८३ 04:09:17
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:09:17
Bizshala
Global IME Bank Limited

एक शताब्दीभन्दा पुरानो जेल बन्यो लक्जरी होटल, शुल्क कति लाग्छ ?

एक शताब्दीभन्दा पुरानो जेल बन्यो लक्जरी होटल, शुल्क कति लाग्छ ?
New Office

काठमाण्डौ । जापानको नारा सहरमा एक शताब्दीभन्दा पुरानो ऐतिहासिक जेललाई पुनःनिर्माण गरी लक्जरी होटलमा रूपान्तरण गरिएको छ। करिब सात वर्ष लामो पुनःसंरचनापछि ‘होशिनोया नारा प्रिजन होटल’ जुन महिनादेखि सञ्चालनमा आएको हो।

सन् १९०८ मा निर्माण गरिएको पूर्व नारा कारागारलाई सन् २०१७ मा जापानको सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो। हाल उक्त भवन ४८ कोठा रहेको उच्चस्तरीय होटलका रूपमा सञ्चालनमा छ। परिसरभित्र नारा प्रिजन म्युजियम पनि स्थापना गरिएको छ, जहाँ आगन्तुकहरूले जेलको इतिहासबारे जानकारी लिन सक्छन्।

होटल सञ्चालन गर्ने कम्पनीका अनुसार भवनको संरचना तारा आकारमा निर्माण गरिएको छ, जहाँ पाँचवटा जेल ब्लकहरू केन्द्रीय निगरानी कक्षबाट फैलिएका छन्। होटल परिसर करिब २५ एकड क्षेत्रफलमा फैलिएको छ।

होटलका महाप्रबन्धक मसाया काकेहावाका अनुसार उद्घाटनपछि विशेषगरी विदेशी पर्यटक तथा इतिहास, वास्तुकला र संस्कृतिमा रुचि राख्ने आगन्तुकहरूको आकर्षण बढेको छ।

होटलमा तीन प्रकारका कोठा उपलब्ध छन्। सबैभन्दा ठूलो ११–सेल डिलक्स कोठामा बैठक कक्ष र वाक–इन क्लोसेटको सुविधा छ। यहाँको कोठाको प्रारम्भिक शुल्क प्रतिरात २४५ अमेरिकी डलरबाट सुरु हुने जनाइएको छ, यद्यपि मौसमअनुसार शुल्क परिवर्तन हुन सक्छ।

पुनःनिर्माणका क्रममा भवनका अधिकांश ऐतिहासिक विशेषताहरू यथावत् राखिएका छन्। हातैले बनाइएका इँटाका पर्खाल, मौलिक छतको सजावट, झ्यालसहितका हरिया काठका जेलका ढोका, हावापसारका संरचना, स्काइलाइट तथा स्टिलका बीम जोगाएर आधुनिक सुविधासँग संयोजन गरिएको छ।

महाप्रबन्धक काकेहावाले होटलको मुख्य उद्देश्य भवनको ऐतिहासिक पहिचानलाई लुकाउनु नभई अतिथिहरूलाई त्यसको वास्तविक अनुभव गराउनु रहेको बताए।

पूर्व नारा कारागार नेटफ्लिक्सको चर्चित जापानी शृंखला ‘एलिस इन बोर्डरल्यान्ड’ को दोस्रो सिजनको छायांकन स्थलका रूपमा पनि प्रयोग गरिएको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.