काठमाण्डौ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर राज्यलाई हानि पुर्याएको आरोपमा मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार अधिकारीसँग ३ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
अदालतले उक्त मुद्दामा धरौटीमा छाड्ने आदेश दिए पनि अधिकारी तत्काल रिहा हुने अवस्था भने छैन। उनीविरुद्ध दायर अर्को भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकाले कारागारमै रहनेछन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई कानुनविपरीत राजस्व छुट दिई राज्यलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा अधिकारीसहित सम्बन्धित व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।