काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराईज क्यापिटल लिमिटेडको म्युचुअल फण्ड सूचीकृत भएको छ ।
क्यापिटलको ‘एलएस होराइजन १२’ नामक फण्ड आज सूचीकृत भएको हो । प्रतिइकाई अंकित तथा चुक्तामूल्य १० रुपैयाँ कायम भएको १५ करोड इकाई सूचीकृत भएको हो ।
योसँग उक्त फण्ड भोलि अर्थात् साउन २१ गतेदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।