काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आम्दानीमा सुधार गर्दै र वित्त खर्चमा कटौती गर्दै घाटामा रहेको अवस्थाबाट नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर १८ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिमा ४ लाख २३ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको कुल खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ८ करोड २३ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ७ करोड २६ लाख रुपैयाँ थियो ।
कम्पनीको वित्त खर्च भने घटेको छ । कम्पनीको वित्त खर्च ७ करोड ८६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको वित्त खर्च ८ करोड ७५ लाख थियो । यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ३० लाख ५९ हजार रहेको छ । कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक) १.८१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १००.५९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९८.५० रुपैयाँ र तरलता अनुपात ७६२ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।