काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्था ३ करोड ८६ लाख रुपैयाँ घाटामा थियो ।
संस्थाको खुद ब्याज आम्दानी बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १०.६९ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्ममा संस्थाले २६ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
समीक्षा अवधिसम्म संस्थाको खुद सञ्चालन आम्दानी २२.१४ प्रतिशतले बढेर २० करोड ६९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन खर्च बढेको छ । सञ्चालन खर्च १३ करोड ९१ लाख रुपैयाँबाट बढेर १४ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको रिजर्भको आकार ६.५७ प्रतिशतले बढ्दै १७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ४ करोड ३६ लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप संलकन २ अर्ब ८९ करोड र कर्जा प्रवाह ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ११ करोड ८२ लाख रुपैयाँ छुट्टाएको संस्थाले समीक्षा अवधिा भने १० करोड ८६ लाख रुपैयाँको व्यवस्था गरेको छ । चौथो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात केही बढेको छ । संस्थाको खराब कर्जा अनुपात १९.२५ प्रतिशतबाट बढेर १९.४३ प्रतिशत पुगेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ३६ लाख र लाभांश क्षमता २९.३७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी(ईपीएस) ३४.३९ रुपैयाँ, प्रतिसयर नेटवर्थ २४७.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६०६.८२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३७.०७ गुणा र तरलता अनुपात ८.४५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।