आईतवार, कार्तिक १,२०८३ 03:05:05
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:05:05
Bizshala
Global IME Bank Limited

आशा लघुवित्तको वितरणयोग्य मुनाफा १६२% ले बढ्यो, खुद नाफा र लाभांश क्षमतामा समेत सुधार

Bizshala
आशा लघुवित्तको वितरणयोग्य मुनाफा १६२% ले बढ्यो, खुद नाफा र लाभांश क्षमतामा समेत सुधार
New Office

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको वितसणयोग्य मुनाफा १६२.८९ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको वितरणयोग्य मुनाफा २१ करोड ६० लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने यस्तो रकम ८ करोड २१ लाखमा सीमित थियो ।

वितरणयोग्य मुनाफासँगै संस्थाको लाभांश क्षमतामा समेत बढोत्तरी आएको छ । अघिल्लो आवमा ११.२१ प्रतिशत रहेको लाभांश क्षमता बढेर २६.९१ प्रतिशत पुगेको छ ।

यस्तै संस्थाले चौथो त्रैमाससम्ममा २६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १५५.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

खुद ब्याज आम्दानी बढ्नु र इम्पेयरमेन्ट चार्ज घट्नु जस्ता कारणले संस्थाको मुनाफामा सुधार आएको हो । यो अवधिसम्म संस्थाले ८८ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले ७५ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज पनि २६ करोड ६७ लाख रुपैयाँबाट घटेर २२ करोड २० लाखमा सीमित बनेको छ ।

संस्थाको रिटेन्ड अर्निङ १६२.८९ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ८ करोड २१ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर २१ करोड ६० लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ३३ करोड ३० लाख रुपैयाँबाट बढेर ३८ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म ३ अर्ब २१ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह पनि १० अर्ब २९ करोड रुपैयाँबाट बढेर ११ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात ६.४९ प्रतिशतबाट बढेर ८.५७ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३२.६२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १७४.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५३४.२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३२.१८ गुणा र तरलता अनुपात ५.६७ प्रतिशत कायम भएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.