काठमाण्डौ । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १३ गते झापाको बिर्तामोडमा रहेको इन्द्रेणी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, आईपीओ जारी गर्ने र आईपीओ सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछन् ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरु समेत पारित गरिनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।