काठमाण्डौ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रवर्द्धक, रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालित ‘रिलायबल समृद्धि योजना–२’ का इकाइ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।
नेप्सेका अनुसार योजनाका १२ करोड ५० लाख इकाइ साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन्। यी इकाइहरूको दोस्रो बजारमा कारोबार भने साउन २५ गतेदेखि सुरु हुनेछ।
यस योजनाले नेपाल धितोपत्र बोर्डबाट २०८३ वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति पाएको थियो। सार्वजनिक निष्कासनपछि असार ४ गते अन्तिम बाँडफाँड सम्पन्न गरिएको थियो।
योजनाको प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ रहेको छ भने कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ। यो १० वर्षे बन्दमुखी सामूहिक लगानी कोष हो।
रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि र सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।