आईतवार, श्रावण २४,२०८३ 01:25:04
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 01:25:05
Bizshala
Global IME Bank Limited

पोखरामा बीवाईडीको आधिकारिक 3S सेवा विस्तार, दैनिक १६ वटासम्म गाडी सर्भिस गर्न सकिने

पोखरामा बीवाईडीको आधिकारिक 3S सेवा विस्तार, दैनिक १६ वटासम्म गाडी सर्भिस गर्न सकिने
New Office

 

काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

पोखरा महानगरपालिका–१०, बुद्धचोकमा स्थापना गरिएको उक्त सर्भिस सेन्टर बीवाईडीको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले सञ्चालन गर्नेछ। नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्ससहितको पूर्ण 3S सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरको उद्घाटन अगस्ट ७ मा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका हुन्।

यसअघि पोखराका बीवाईडी प्रयोगकर्तालाई कम्पनीले छनोट तथा तालिम दिएका तेस्रो पक्षका सेवा प्रदायकमार्फत बिक्रीपछिको सेवा दिँदै आएको थियो। अब भने ग्राहकले आधिकारिक वितरकको नेटवर्कअन्तर्गत नै प्राविधिक सेवा, जेनुइन स्पेयर पार्ट्स तथा फ्याक्ट्रीबाट तालिमप्राप्त जनशक्तिबाट सेवा पाउनेछन्।

कुल ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टर विद्युतीय गाडीको प्राविधिक आवश्यकतालाई लक्षित गरी निर्माण गरिएको कम्पनीको भनाइ छ।

सर्भिस सेन्टरमा चारवटा आधुनिक भेहिकल लिफ्ट, छुट्टाछुट्टै मेन्टेनेन्स बे, हाई–भोल्टेज वर्क एरिया, जेनुइन बीवाईडी स्पेयर पार्ट्स स्टोरेज र गाडी धुने छुट्टै व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार उक्त सेन्टरबाट दैनिक १५ देखि १६ वटासम्म गाडी सर्भिस गर्न सकिनेछ। यसले ग्राहकको प्रतीक्षा समय घटाउनुका साथै सर्भिसको गति र दक्षता बढाउने अपेक्षा गरिएको छ।

सर्भिस सेन्टरबाट नियमित मर्मतसम्भार, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सपोर्ट तथा जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराइनेछ।

साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले गाडी बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताउँदै पोखरामा आधिकारिक सर्भिस सेन्टर विस्तारले बीवाईडीको बिक्रीपछिको सेवा थप मजबुत हुने बताए।

पोखरामा सर्भिस सेन्टर विस्तारसँगै बीवाईडीले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्कलाई थप सुदृढ बनाएको छ।

नेपालको विद्युतीय सवारी बजार विस्तार हुँदै जाँदा कम्पनीले बिक्रीसँगै सर्भिस नेटवर्क, प्राविधिक जनशक्ति र स्पेयर पार्ट्स उपलब्धतामा समेत लगानी बढाउँदै जाने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.