आईतवार, कार्तिक १,२०८३ 01:49:29
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:49:29
Bizshala
Global IME Bank Limited

इम्पेयरमेन्ट चार्ज बढेसँगै मिथिला लघुवित्तको नाफा घट्यो

Bizshala
इम्पेयरमेन्ट चार्ज बढेसँगै मिथिला लघुवित्तको नाफा घट्यो
New Office

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । संस्थाको खुद नाफा २८.३३ प्रतिशतले घटेर ५ करोड १३ लाखमा सीमित बनेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाको खुद नाफा ७ करोड १६ लाख रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी भने १८.४६ प्रतिशतले बढेको छ । संस्थाले चौथो त्रैमाससम्ममा २४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले २० करोड ७३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाले ७ करोड ३३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कुल सञ्चालन आम्दानी २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चौथो त्रैमाससम्म संस्थाको रिजर्भको आकार ५४.५२ प्रतिशतले बढेर १५ करोड ७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ३० करोड र कर्जा प्रवाह ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात केही बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ९.८० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.८९ प्रतिशत पुगेको छ । अघिल्लो आवमा ५ करोड ८३ लाख रहेको संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ९ करोड ८६ लाख पुगेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड २७ लाख र लाभांश क्षमता १२.८० प्रतिशत कायम रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२०.०७ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६७.९३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९०.८२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.६५ गुणा र तरलता अनुपात १२.८९ प्रतिशत रहेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.