काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म कम्पनीले ६७ करोड ६५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १६ करोड आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको वित्त आम्दानी भने बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १३ करोड ४७ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म १३ करोड ५९ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।
कम्पनीको अन्य आम्दानी भने ३ करोड ७० लाखबाट घटेर २ करोड ७८ लाखमा सीमित बनेको छ ।
कम्पनीको प्रशासनिक खर्च २ करोड ७८ लाखबाट बढेर ३ करोड २६ लाख र ह्रासकट्टी खर्च ७ करोड ४२ लाखबाट बढेर ८ करोड ५० लाख पुगेको छ ।
९ अर्ब ४८ करोड रुपैयाँ बढीको चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब १६ करोड र कुल चालु दायित्व १२ करोड १८ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.५९ रुपैयाँ, पीई रेसियो ६४.१५ गुणा र प्रतिसेयर नेटवर्थ १२३.९० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।