काठमाण्डौ । आम्दानी बढेसँगै र वित्त खर्च घटेसँगै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफामा बढोत्तरी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२९.०५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी ५३.६७ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४८ करोड ६४ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी ३१ करोड ६५ लाख रहेको थियो । कम्पनीको रोयल्टी खर्च ९७ लाख २९ हजार रहेको छ । यस्तै प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च ४ करोड ११ लाखबाट बढेर ११ करोड ५१ लाख पुगेको छ ।
यद्यपी कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा १३ करोड ९० लाख रहेको वित्त खर्च ७ करोड ४१ लाखमा सीमित बनेको छ ।
यो अवधिसम्म कम्पनीको रिजर्भको आकार भने ३ करोड ७० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड २० लाख र कुल चालु दायित्व १ करोड ५ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८१.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.९२ गुणा र तरलता अनुपात३२.४२ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।