काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेड घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ४ लाख लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ करोड ३३ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी केही बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६५ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ६४ करोड ६६ लाख आर्जन गरेको थियो ।
कम्पनीले ८ लाख ९५ हजार रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च २९ करोड ९१ लाख रुपैयाँ र प्रशासनिक खर्च ३ करोड २७ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा ४२ करोड १४ लाख रहेको वित्त खर्च घटेर २९ करोड १४ लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ९० लाख र कुल चालु दायित्व २२ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६८.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.२८ गुणा र तरलता अनुपात ०.८८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।