काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडको विद्युत बिक्री आम्दानीसँगै नाफा समेत बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६२ करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) समेत बढेको छ । कम्पनीको ईपीएस १८.७३ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको ईपीएस १२.२८ रुपैयाँमा सीमित थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी १ अर्ब ९७ करोडबाट वृद्धि भएर २ अर्ब २ करोड पुगेको छ । यस्तै खुद आम्दानी भने ३.५९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ अर्ब ७१ करोड रुपैयाँबराबरको कम्पनीको खुद आम्दानी घटेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले ३ करोड ११ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्च ७७ करोड ८० लाखबाट घटेर ६० करोड २८ लाखमा सीमित बनेको छ । वित्त आम्दानी पनि ३६ लाख ३४ हजारबाट बढेर ४४ लाख ४८ हजार पुगेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ उल्लेख्य बढेको छ । अघिल्लो आवमा ३३ करोड ३५ लाखमा सीमित रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ९५ करोड ५१ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.८३ रुपैयाँ र पीई रेसियो २३.३३ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।