काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनीले गत आव २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले उक्त अवधिसम्म ४ करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ७१ लाखको तुलनामा १८७.१६ प्रतिशतले बढी हो ।
कम्पनीको नाफा बढप्नु पछाडि विद्युत बिक्री आम्दानी बढ्नु र वित्त खर्च घट्नु जस्ता प्रमुख कारण रहेका छन् । कम्पनीको विद्युत बिक्री आम्दानी ११ करोड ४९ लाखबाट बढेर १३ करोड ८० लाख पुगेको छ ।
कम्पनीको वित्त खर्च ४ करोड ३४ लाखबाट घटेर २ करोड ९७ लाखमा सीमित बनेको छ ।
यस्तै कम्पनीको प्रशासनिक खर्च पनि १ करोड २३ लाखबाट घटेर १ करोड ९९ हजारमा सीमित बनेको छ । यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ भने ३३ करोड ४६ लाखबाट घटेर १५ करोड ५ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६६.०८ रुपैयाँ, पीई रेसियो ३१४.०६ गुणा र तरलता अनुपात ६.५९ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।