शनिबार, आश्विन १०,२०८३ 01:57:32
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 01:57:32
Bizshala
Global IME Bank Limited

स्वाभिमान लघुवित्तको नाफा र खुद ब्याज आम्दानी सामान्य बढ्यो, लाभांश क्षमता कति ?

Bizshala
स्वाभिमान लघुवित्तको नाफा र खुद ब्याज आम्दानी सामान्य बढ्यो, लाभांश क्षमता कति ?
New Office

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा सामान्य बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५  करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम  अघिल्लो आवको सोही अवधिको तुलनामा २७.६५ प्रतिशतले बढी हो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.९६ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले २३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी २३ करोड ५९ लाख र सञ्चालन मुनाफा ७ करोड ४० लाख रुपैयाँ रहेको छ ।  

संस्थाको रिटेन्ड अर्निङको आकार ३ करोड ८७ लाखबाट बढेर ७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषको आकार ५ करोड ९८ लाखबाट बढेर ७ करोड १९ लाख पुगेको छ ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संस्था खराब कर्जा अनुपात उल्लेख्य बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.२० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १०.८३ प्रतिशत पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड ७२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ८६ लाखको व्यवस्था गरेको थियो ।

यो अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ७ करोड ७६ लाख रुपैयाँ र लाभांश क्षमता ५०.६२ प्रतिशत रहेको छ ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३३.७७ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १९७.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ११८.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.८३ गुणा र तरलता अनुपात ११.०३ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.