काठमाण्डौ । बरुण हाइड्रोपावरले विद्युत बिक्रीमार्फत १० करोड ९२ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ७० लाख आर्जन गरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ९८ लाखको तुलनामा १७.६८ प्रतिशतले बढी हो ।
कम्पनीको वित्तीय खर्च घटेको छ । अघिल्लो आव कम्पनीको वित्त खर्च २ करोड ८७ लाख रहेकोमा समीक्षा अवधिमा घटेर २ करोड ३४ लाखमा सीमित बनेको छ । कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ५१ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस)२.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.१९ रुपैयाँ, पीई रेसियो १४७.५८ गुणा र तरलता अनुपात ६.९४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।