आईतवार, कार्तिक १,२०८३ 01:53:07
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 01:53:07
Bizshala
Global IME Bank Limited

मन्दाकिनी हाईड्रोपावरको नाफामा ३२% को सुधार, खर्च घट्यो

Bizshala
मन्दाकिनी हाईड्रोपावरको नाफामा ३२% को सुधार, खर्च घट्यो
New Office

काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिमा ५ करोड ६६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.९२ प्रतिशतले बढी हो ।

अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट १० करोड ९१ लाख आर्जन गरेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

खर्च नियन्त्रण गर्न पनि कम्पनी सफल देखिएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६ करोड १९ लाख रुपैयाँबराबरको कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ५ करोड २१ लाख खर्च गरेको छ ।  

६४ करोड ६७ लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले अन्य इक्वीटी शीर्षकमा १० करोड २४ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड २३ लाख रुपैयाँ र कुल चालु दायित्व २ करोड ८४ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४.९२ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.