बिहीबार, श्रावण २८,२०८३ 09:23:51
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 09:23:51
Bizshala
Global IME Bank Limited

आम्दानी बढाउँदै भिजन लुम्बिनी उर्जा नाफामा उक्लियो, ईपीएस कति ?

Prabhu Bank Limited
आम्दानी बढाउँदै भिजन लुम्बिनी उर्जा नाफामा उक्लियो, ईपीएस कति ?
New Office

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड नाफामा गएको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्म ९ करोड ४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ५ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ३७ करोड ९१ लाख आर्जन गरेको थियो । यस्तै कम्पनीले १९ करोड ९३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

यो अवधिमा कम्पनीको कुल आम्दानी पनि ३५ करोड १८ लाखबाट बढेर ७२  करोड ७५ लाख पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च ४ करोड १६ लाख , कर्मचारी खर्च १ करोड ९१ लाख र ह्रासकट्टी खर्च २२ करोड ५१ लाख रुपैयाँ रहेको छ । १ अर्ब ९१ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले रिटेन्ड अर्निङमा ७२ करोड १२ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.७१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४९.४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९०.४९ गुणा र तरलता अनुपात १.७२ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.