काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै र ब्याज आम्दानी बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक घाटामा रहेको अवस्थाबाट नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ५ करोड १ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंक ३ करोड ७३ लाख रुपैयाँ घाटामा थियो ।
बैंकको खुद ब्याज आम्दानी १३९.०५ प्रतिशतले बढेर ७ करोड ३७ लाख पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी १४ करोड ५९ लाख र सञ्चालन मुनाफा ९ करोड ४१ लाख रहेको छ ।
यद्यपी बैंकको वितरणयोग्य मुनाफा भने ३ करोड १४ लाख रुपैयाँले ऋणात्मक बनेको छ । यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६ करोड ४८ लाखले रिर्भसल भएको छ भने खराब कर्जा अनुपात १२.४३ प्रतिशतबाट घटेर ६.२४ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३९.९६ रुपैयाँ र तरलता अनुपात ६१.५७ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।