काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड नाफा बढाउन सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १४ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६६.९० प्रतिशतले बढी हो ।
खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै संस्थाको नाफामा सुधार देखिएको हो ।
संस्थाले समीक्षा अवधिसम्म ४८ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २१.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ४० करोड १० लाख रुपैयाँ थियो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि ४ करोड ७७ लाखबाट बढेर ६ करोड ४१ लाख पुगेको छ ।
संस्थाको इम्पेयरमेन्ट चार्ज १९ लाख ७८ हजारले रिभर्सल भएको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । खराब कर्जा अनुपात १४.१४ प्रतिशतबाट बढेर १५.३६ प्रतिशत पुगेको छ ।
संस्थाको निक्षेप संकलन २ अर्ब ४२ करोड र कर्जा प्रवाह ६ अर्ब २ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ १ करोड ६१ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ४३ करोड २१ लाख रुपैयाँ रहेको छ ।
चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ६१ लाख रुपैयाँ र लाभांश क्षमता ३.३२ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २९.५२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७३९.५० रुपैयाँ,प्रतिसेयर मुल सम्पत्तिको मूल्य १५०९.३५ रुपैयाँ,मूल्य आम्दानी अनुपात २५.०५ गुणा र तरलता अनुपात ३.१६ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।