काठमाण्डौ । झापा इनर्जी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी १ करोड ९७ लाख रुपैयाँ घाटामा रहेको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत कम्पनीले १० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ९ करोड १० लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा २२ लाख २५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको साधारण खर्च १ करोड २८ लाखबाट बढेर १ करोड २९ लाख पुगेको छ भने प्रशासनिक खर्च ७४ लाख ५० हजार रुपैयाँबाट बढेर ९१ लाख ९१ हजार रुपैयाँ कायम भएको छ।
कम्पनीको वित्त खर्च भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ५ करोड ३४ लाख रुपैयाँ रहेको वित्त खर्च चालु आवमा घटेर ३ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)३.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.९४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२०.४३ रुपैयाँ र तरलता अनुपात ०.६२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।