बिहीबार, श्रावण २८,२०८३ 12:26:21
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 12:26:21
Bizshala
Global IME Bank Limited

१५२% ले बढ्यो इमर्जिङ नेपालको नाफा, आम्दानी समेत बढ्यो

Prabhu Bank Limited
१५२% ले बढ्यो इमर्जिङ नेपालको नाफा, आम्दानी समेत बढ्यो
New Office

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्म १ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५२.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ५९ लाख ४९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको आम्दानी पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कुल १ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २ करोड २५ लाख आर्जन गरेको छ ।

कम्पनीको रिजर्भ कोषमा ५ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.७० रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११०.०८ रुपैयाँ र  मूल्य आम्दानी अनुपात २९७.९ गुणा र सम्पत्तिमा प्रतिफल २.४ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.