काठमाण्डौ । अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २ करोड ९० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड १५ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ९० लाख ४० हजार थियो ।
यो अवधिमा कम्पनीको वित्त खर्च बढेको छ । अघिल्लो आवमा १ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च बढेर ३ करोड ६१ लाख पुगेको छ । कम्पनीको रिजर्भ भने ५ करोड ८५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) त्रैमासिक ५.६९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८८.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६२.९३ गुणा ऋणात्मक र तरलता अनुपात ०.२७ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।