बिहीबार, श्रावण २८,२०८३ 07:11:56
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 07:11:56
Bizshala
Global IME Bank Limited

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

Prabhu Bank Limited
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा
New Office

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन्।

नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका शाह प्रदेशसभामा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका थिए। एमाले र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बनेपछि उनको सरकारमाथि बहुमत जुटाउने दबाब बढेको थियो।

मुख्यमन्त्री शाहले आजै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो। विश्वासको मत लिनुपर्ने अन्तिम दिन प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको बाटो रोजेका हुन्।

सत्ता समीकरणमा आएको परिवर्तनसँगै शाह नेतृत्वको सरकार संकटमा परेको थियो। प्रदेशसभामा आफ्नो पक्षमा बहुमत सुनिश्चित गर्न नसक्ने अवस्था बनेपछि उनले विश्वासको मतको सामना गर्नुअघि नै राजीनामा घोषणा गरेका हुन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.