काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको बिक्री आम्दननी बढेसँगै नाफामा बढोत्तरी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब २० करोड रुपैयाँबराबरको खुद नाफा आर्ज गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ९४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले यो अवधिसम्म बिक्रीमार्फत ८ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीको बिक्री आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेको थियो । यद्यपी कम्पनीको गैर सञ्चालन आम्दानी भने घटेको छ । गैर सञ्चालन आम्दानी ६ करोड ६९ लाखबाट घटेर ५ करोड ७८ लाखमा सीमित बनेको छ ।
कम्पनीको सञ्चालन मुनाफा १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको सञ्चालन मुनाफा १ अर्ब २७ करोड रहेको थियो । कम्पनीको वित्त खर्च १८ लाख ९५ हजारबाट बढेर ४३ लाख ९६ हजार पुगेको छ ।
अघिल्लो आवमा १ अर्ब ८ करोड रहेको कम्पनीको रिजर्भ कोषको आकार बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २५.५३ रुपैयाँबाट बढेर ३२.७१ रुपैयाँ पुगेको छ ।
यस्तै कम्पनीको पीई रेसियो ३४.८५ गुणा, प्रतिसेयर नेटवर्थ १४१.४३ रुपैयाँ र तरलता अनुपात ९.३७ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।