काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावरले उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९२ करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६८ करोड रुपैयाँ घाटा ब्यहोरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी घाटाको अवस्थाबाट नाफामा भएको हो ।
कम्पनीले विद्युत बिक्रीबाट १० अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ६ अर्ब ९२ करोड रहेको थियो ।
साथै सो अवधिसम्म कम्पनीको वित्त आम्दानी भने २ करोड ४४ लाखबाट घटेर १ करोड ३९ लाखमा सीमित बनेको छ । कम्पनीले यस अवधिमा २८ लाख ५९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ भने १२ अर्ब ६३ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
अघिल्लो आवमा कम्पनीको इपीएस १७.३८ रुपैयाँ ऋणात्मक रहेकोमा समीक्षा अवधिसम्म ४.३७ रुपैयाँ धनात्मक भएको छ । साथै प्रतिसेयर नेटवर्थ ४४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८२.१७ रुपैयाँ र तरलता अनुपात १.३१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।