काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३० करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीको खुद आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १८ करोड रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६४.८४ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च २१ करोड ३३ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ६७ करोड ३७ लाख र वित्त खर्च ६३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४३ करोडबाट घटेर ६४ करोड ३८ लाख रुपैयाँमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.१३ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १६५.७२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२५.८७१ रुपैयाँ र तरलता अनुपात ०.६५७ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।