काठमाण्डौ। बुटवल पावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी बढेसँगै नाफा समेत बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म आफ्नो खुद नाफा ५४.३४ प्रतिशतले बढाउँदै ३३ करोड ५४ लाख पुर्याएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा २१ करोड ७३ लाख रहेको थियो ।
यस्तै विद्युत बिक्री आम्दानी ९.२४ प्रतिशतले बढेर ८० करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ७३ करोड ३७ लाख रुपैयाँ थियो।
कम्पनीको अन्य आम्दानी पनि बढेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ८ करोड ९३ लाख रुपैयाँ रहेको अन्य आम्दानी समीक्षा अवधिमा बढेर २१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। वित्त आम्दानी भने १ करोड ४१ लाखबाट घटेर ५८ लाख ८६ हजार रुपैयाँमा सीमित बनेको छ ।
खर्च संरचनातर्फ हेर्दा साधारण खर्च २९ करोड ३८ लाखबाट घटेर २८ करोड ४७ लाख रुपैयाँमा झरेको छ भने प्रशासनिक तथा अन्य सञ्चालन खर्च १३ करोड २२ लाखबाट बढेर १६ करोड ३ लाख रुपैयाँ पुगेको छ। वितरण खर्च पनि १३ करोड ९० लाखबाट बढेर १५ करोड ७० लाख रुपैयाँ पुगेको छ। वित्त खर्च समेत १ करोड २८ लाखबाट बढ्दै १ करोड ३४लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)त्रैमासिक ९.८४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१०.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६७.८९ गुणा र तरलता अनुपात ७.०५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।