काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफा बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १८ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.७८ प्रतिशतले बढी हो ।
विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीको खुद नाफा १०८.०५ प्रतिशतले बढेर ५ करोड ५७ लाख पुगेको छ । कम्पनीले यो अवधिमा ४ करोड ७४ लाख रुपैयाँबराबरको कुल सञ्चालन खर्च गरेको छ । यस्तै गैर सञ्चालन खर्च भने ९ करोड ७९ लाखबाट घटेर ७ करोड ७१ लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी ४६ करोड ३८ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार ५ करोड ८० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२ र मूल्य आम्दानी अनुपात ४४.८४ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।