काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड घाटामा गएको छ । कम्पनी गत आवको चौथो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ घाटामा गएको हो । अघिल्लो आवमा कम्पनी १ अर्ब ४६ करोड नाफामा थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा व्यापक गिरावट आएको छ । अघिल्लो आवमा १ अर्ब ९६ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने २ करोड ९२ लाख मात्रै आर्जन गरेको छ ।
यो अवधिमा कम्पनीको खर्च केही बढेको छ । अघिल्लो आवमा २ करोड ५९ लाख कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिमा भने ३ करोड ४४ लाख कुल खर्च गरेको छ । कम्पनीको रिटेन्ड अर्निङ ७१ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३२ करोड र कुल चालु दायित्व १ करोड ११ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.३२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६९.२३ रुपैयाँ, तरलता अनुपात ११८.९६ प्रतिशत र मूल्य आम्दानी अनुपात ३११.०७ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।