काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनीले गत आवको चौथो त्रैमाससम्म नाफा बढाएको छ । कम्पनीले चौथो त्रैमाससम्म १० करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६६.१३ प्रतिशतले बढी हो ।
कम्पनीले यो अवधिमा २५ करोड २९ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४२ प्रतिशतले बढी हो ।
यो अवधिमा कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा ७ करोड ६२ लाख रहेको कम्पनीको वित्त खर्च बढेर ५ करोड ९१ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको सञ्चालन मुनाफा १४ करोड ३६ लाखबाट बढेर १७ करोड २ लाख पुगेको छ ।
कम्पनीको रिटेन्ड अर्निङमा ११ करोड १५ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५९ लाखमा सीमित थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८.९१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ११९.४० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७९.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.२५ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।