काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ५०३.८१ प्रतिशतको उछाल आएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले उक्त अवधिमा २१ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ६० लाख नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २८.६० प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्ममा संस्थाले १ अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।
यस्तै खुद शुल्क तथा कमिशन आम्दानी पनि ११ करोड ५८ लाखबाट बढेर १३ करोड २१ लाख पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको खुद सञ्चालन आम्दानी ९६ करोड ६ लाख र सञ्चालन मुनाफा ३५ करोड ३८ लाख रहेको छ। संस्थाको रिजर्भको आकार ३८ करोड ८५ लाखबाट बढ्दै ४३ करोड १२ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ भने ७८ लाख ७३ हजार रुपैयाँबाट घटेर १८ लाख १जार रुपैयाँमा सीमित बनेको छ । संस्थाको निक्षेप संलकन ६ अर्ब ५७ करोड र कर्जा प्रवाह १२ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात १८.६६ प्रतिशतबाट घटेर १२.५८ प्रतिशतमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा १६ करोड ४८ लाख रहेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १९.३६ रुपैयाँ, प्रतिसयर नेटवर्थ १५५.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११९४.११ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३८.६९ गुणा र तरलता अनुपात ९.१२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।