काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै अरुण काबेली पावर लिमिटेडको नाफा समेत ओरालो लागेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको १६ करोड ९० लाखको तुलनामा ५२.८७ प्रतिशतले कम हो ।
कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ६१ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ६३ करोड २२ लाख रुपैयाँ कमाएको थियो । यो अवधिमा कम्पनीको खर्च बढेको छ । अघिल्लो आवमा ३६ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च ५४ करोड ४८ लाख पुगेको छ ।
३ अर्ब ८९ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ४० करोड र कुल चालु दायित्व ५७ करोड २४ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.७७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८७.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १२१.७५ गुणा रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।