काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमता घटेको छ । गत आवको चौथो त्रैमाससम्म संस्थाको लाभांश क्षमता ११.२७ प्रतिशतमा झरेको छ । अघिल्लो आवमा भने संस्थाको लाभांश क्षमता १८.३६ प्रतिशत कायम थियो ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३५ करोड ९५ लाखबाट घटेर ३० करोड ९० लाखमा सीमित बनेको छ ।
संस्थाले समीक्षा अवधिमा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले १ अर्ब २६ करोड खुद नाफा कमाएको थियो । यसरी संस्थाको नाफा ६४.९९ प्रतिशतले घटेको हो ।
यद्यपी संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आवमा १ अर्ब ९० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर १ अर्ब ८८ करोड रुपैयाँमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि ९२ करोड ३३ लाखबाट घटेर ३३ करोड ९ लाखमा झरेको छ ।
संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४८ करोड ५० लाख छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५० करोड ४९ लाख छुट्टाएको थियो ।
यस्तै संस्थाको रिटेन्ड अर्निङमा ३० करोड ९० लाख र रिजर्भमा ३ अर्ब १ करोड सञ्चित रहेको छ । यो अवधिमा संस्थाको खराब कर्जा अनुपात ९.९१ प्रतिशतबाट बढेर १२.८० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १२.८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२१.१८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १११३.९२ रुपैयाँ र तरलता अनुपात १०.३५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।