काठमाण्डौ । एसवाई प्यानल नेपाल लिमिटेडले ६ करोड ७५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा १.०८ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी पनि सामान्य बढेको छ । कम्पनीको बिक्री आम्दानी ७५ करोड ६० लाखबाट बढेर ८१ करोड २७ लाख पुगेको छ ।
कम्पनीले यो अवधिमा १९ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।
यस्तै कम्पनीको कर्मचारी खर्च ४ करोड ६८ लाखबाट घटेर ४ करोड ५० लाख, प्रशासनिक खर्च ४ करोड ३३ लाखबाट बढेर ५ करोड ३४ लाख र बिक्री तथा वितरण खर्च समेत ५ करोड ५९ लाखबाट घटेर ५ करोड २० लाखमा सीमित बनेको छ ।
कम्पनीको वित्त आम्दानी ६ लाख २२ हजारबाट बढेर ११ लाख ७१ हजार पुगेको छ । यस्तै कम्पनीले रिजर्भको आकार ११ करोड ८२ लाखबाट बढाएर १५ करोड ४१ लाख पुर्याएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ, तरलता अनुपात ९.५९ प्रतिशत र पीई रेसियो २९३.३८ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।