काठमाण्डौ । गत आवको चौथो त्रैमाससमम दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड २ करोड ९९ लाख रुपैयाँ खुद नाफामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७ करोड ५ लाख घाटामा थियो ।
कम्पनीले समीक्षा अवधिसम्म २३ करोड १४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११.७६ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २६ करोड २२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
कम्पनीको प्रशासनिक खर्च २ करोड ७६ लाख, विद्युत उत्पादन खर्च ४ करोड ३१ लाख रुपैयाँ र वित्त खर्च ८ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च १९ करोड ४ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.४२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०३.३० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०३.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७३.७६ गुणा र तरलता अनुपात १.८६ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।