काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ । अघिल्लो आवमा ५६ लाख १२ हजार रुपैयाँ घाटामा रहेको कम्पनी ३ करोड ५५ लाख नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि २१ करोड १४ लाखबाट बढेर २५ करोड २ लाख पुगेको छ । कम्पनीको वित्त खर्च १० करोड ४० लाखबाट घटेर १० करोड २७ लाखमा सीमित बनेको छ । १ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ४४ करोड ७० लाख र कुल चालु दायित्व ५ करोड २० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७३.८९, प्रतिसेयर नेटवर्थ १०२.४४ र तरलता अनुपात ८.६० प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।