काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ७७४.२६ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले ९ लाख ५४ हजार मात्रै खुद नाफा कमाएको थियो ।
यो अवधिमा संस्थाले ६ करोड ४१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम ६ करोड ९ लाख रहेको थियो । संस्थाको कुल सञ्चालन आम्दानी ७ करोड २६ लाख र सञ्चालन मुनाफा २ करोड ७ लाख रुपैयाँ रहेको छ ।
संस्थाको रिजर्भ कोषको आकार भने ५ करोड १४ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २ करोड ५४ लाखले ऋणात्मक रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १६.१२ प्रतिशत पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ८ लाख ९५ हजार रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भने यस्तो रकम १ करोड ४० लाख थियो ।
संस्थाको वितरणयोग्य मुनाफा २ करोड ५४ लाख ऋणात्मक र लाभांश क्षमता ३०.४४ प्रतिशत ऋणात्मक रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.८९ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १३०.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११६३.४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३६.४९ गुणा र तरलता अनुपात ४०.५७ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।