काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडको घाटामा गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ५ करोड ७४ लाख रहेको घाटा घटेर ४ करोड ४९ लाखमा सीमित बनेको जनाएको हो ।
आम्दानी बढेसँगै र वित्त खर्च घटेसँगै कम्पनीको घाटामा केही कमी आएको हो ।
कम्पनीले यो अवधिमा ३१ करोड ९६ लाख कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३१ करोड ५४ लाख आम्दानी गरेको थियो । कम्पनीको वित्त खर्च ४ करोड ३९ लाखबाट घटेर ४ करोड २१ लाखमा सीमित बनेको छ । यस्तै अन्य खर्चपनि ७९ लाख ७६ हजारबाट घटेर ७२ लाख ६९ हजारमा झरेको छ ।
६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको चालु सम्पत्ति १४ करोड २९ लाख रुपैयाँ पुगेको छ भने चालु दायित्व ४ करोड ९२ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६.५४ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६७.०४ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ११०.५५ गुणा ऋणात्मक कायम भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।